काव्यका विद्यार्थी आन्तरिक पर्यटन प्रर्वद्धनमा

काठमाडौँ, ४ कार्तिक । काव्य स्कुल नयाँबानेश्वरका ९ कक्षाका ३१ जना विद्यार्थी यतीखेर आन्तरिक पर्यटन प्रर्वद्धनको साथै शैक्षिक भ्रमणको लागि नेपालका विभिन्न ऐतिहासिक, पर्यटकिय र धार्मिकस्थलको भ्रमणमा गएका छन् ।

काव्यका विद्यार्थी हरेक वर्ष स्वदेशका विभिन्न ठाउँमा मात्रै नभई चीन, थाइल्याण्ड, स्विडेन, अमेरिका लगायतको भ्रमणमा पनि जाने गरेका छन् । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको नेतृत्वमा सो विद्यालयका संस्थापक निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, दिलीप थापा, प्रेमराज अर्याल, विद्यालयकी परामर्शदाता प्रेरणाराज बास्कोटा र होस्टेल वार्डेन बबुल सुब्बा सहितको सो टोलीमा २१ छात्र र १० छात्रा गरी ३१ जना छन । उनीहरु ४ रात ५ दिनको लागि त्यता गएका हुन ।

उनीहरु चौधरी समूहले नवलपरासीमा बनाएको शास्वतधामदेखि बुद्ध जन्मस्थल लुम्विनी, पर्यटकिय क्षेत्र चितवन, पोखरा र मनकामनाको भ्रमण गरेर राजधानी फर्किने योजना रहेको छ ।

विद्यालयले हरेक वर्ष कक्षा ९ का विद्यार्थीलाई दशैं र तिहारको विदाको समयको सदुपयोग गर्दै नेपालका विभिन्न ऐतिहासिक, पर्यटकिय र धार्मिक स्थलको शैक्षिक भ्रमण गराउँदै आएको छ । कितावमा पढेको भन्दा आफ्नै आँखाले देखेको कुरा अविश्मरणीय हुने भएकोले विद्यार्थीलाई यस्ता भ्रमणमा लाने गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा