युरो किड्सका विद्यार्थीलाई कक्षामै भिटामिन ‘ए’

भक्तपुर, ४ कार्तिक । आफ्ना साना विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील रहेको भक्तपुर युरो किड्स सल्लाघारीमा अध्ययनरत साना विद्यार्थीलाई कक्षाकोठामैे भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।

स्थानीय कटुन्जे स्वाथ्यचौकीकी महिला स्वास्थ्य स्वयम्सेविका सीता थापाले युरो किड्सका ५ वर्ष मुनीका ९१ जना साना विद्याथीलाई कक्षाकोठामै गएर भिटामिन ‘ए’ क्याप्सुल खुवाएकी थिइन । जुकाको औषधि भने विद्यार्थीको घरमै पठाइएको छ ।

सरकारले हरेक वर्षको कात्तिक २ र ३ गते देशभरीका ६ महिनादेखि ५ वर्ष उमेर समूहका सबै वालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने नीति अनुरुप युरो किड्सका साना विद्यार्थीलाई कक्षाकोठामै भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हो ।

 

आफ्ना केटकोकटीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन अभिभावकहरुको व्यस्ततालाई ध्यानमा राख्दै विद्यालयले विद्यालय नजिकको स्वास्थ्य चौकीबाट महिला स्वास्थ्य स्वयम्सेविकालाई विद्यालयमै भिटामिन ‘ए’ क्याप्सुल खुवाउन अनुरोध गरेको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो ।

साना विद्यार्थीलाई भिटामिन ‘ए’ र जुकाको औषधि संगै खानदिनुपर्ने भएता पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई जुकाको औषधि खुवाईसकेको हुनसक्ने भएकोले जुकाको औषधि भने विद्यार्थीको घरमै पठाईएको पनि प्रवन्ध निर्देशक काफ्लेले बताउनुभयो । चिकित्सकको सुझाव अनुसार हरेक ६÷६ महिनामा साना केटाकेटीलाई जुकाको औषधि ख्वाउनुपर्छ ।

स्वास्थ्य सेवा विभागले आइतबार साँझ जारी गरेकोे तथ्यांक अनुसार कात्तिक २ र ३ गते नेपालका ७७ वटै जिल्लाका ६ महिनादेखि ५ वर्ष उमेरसम्मका २७ लाख वालवालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र २३ लाख वालवालिकालाई जुकाको औषधि खुवाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर