फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ, ४ कार्तिक । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो ।

उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ । दैनिक ४५ टन फोहोर खपत क्षमताको उक्त प्लान्टबाट दैनिक दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ तर अहिले १८ टन फोहोर खपत गरेर दैनिक ४० सिलिन्डर ग्यास मात्र उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङका अनुसार ४० हजार घनमिटर क्षमताको प्लान्टबाट निस्कने लेदोलाई प्रशोधन गरेर प्राङ्गारिक मलसमेत उत्पादन थालिएको छ । प्लान्टमा अहिले गाईवस्तुको गोबर, कुखुराको सुली, बँगुरको लिदी, उखुको छोक्रा, बियर कारखानाबाट निस्कने फोहोर प्रयोग गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै