क्वन्टास एयरलाइन्सले रच्यो कीर्तिमान

एजेन्सी, ३ कार्तिक । क्वन्टास एयरलाइन्सले लगातार १९ घण्टाभन्दा बढी समय उडान गरेर कीर्तिमान रचेको छ ।

एजेन्सीहरुका अनुसार क्वन्टासको ‘क्युएफ ७८७९’ उडान नम्बरको विमान न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार शनिबार राति ९ बजे ५० यात्रु तथा चालक दलका सदस्य लिएर उडेको थियो ।

विमानलाई न्युयोर्कबाट सिड्नीसम्म १६ हजार २०० किलोमिटर दूरी पार गर्न १९ घण्टा १६ मिनेट समय लागेको थियो । क्वन्टासले लामो दूरीमा ‘ननस्टप’ व्यावसायिक उडान गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो ।

सो एयरलाइन्सका अधिकारीहरुका अनुसार तीनवटा परीक्षण उडान गर्ने तालिकाअनुसार पहिलो परीक्षण उडान गरिएको हो । चालक दलका सदस्य तथा यात्रुको स्वास्थ्यमा प्रतिकुल असर नपरेको पाइएमा सन् २०२२÷२३ देखि उक्त रुटमा व्यावसायिक उडान गर्ने लक्ष्य रहेको एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, ९ कार्तिक । नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन

काठमाडौँ, ८ कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको आज सम्पन्न ५११ औं बैठकको निर्णयानुसार आ.व. २०७७/७८ को मुनाफा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021