रौतहट हत्याकाण्ड : न्याय खोज्दा खोज्दै मारिइन् आमा

काठमाडौँ, ३ कार्तिक । बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन् ।

उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्सास उनमा बढेको छ ।

सम्धी समसुलले रुक्सानालाई सुरक्षा खतरा हुने भन्दै साँझ परेपछि नहिँड्न भनेका थिए । तर माइती घर पुगी भाइको सबै हालत बुझेर उनी साँझ करिब साढे ५ बजेतिर सम्धिनी साहजहान खातुन र जमिला खातुनसँगै घर फर्कदै थिइन् । साँझ खोला आफ्नै गतिमा बगिरहेको थियो । उखुबारीका पातहरु हावाको सुरमा बजिरहेका थिए । गाउँबाट अलिक परको सुनसान ठाउँमा त्यही बेला उखुबारीबाट नकाब लगाएका केही मान्छे फुत्त निस्किए । उनलाई च्याप्प समाते र बन्दुकको कुन्दाले टाउकोमा हाने । एकैछिनमा तिनीहरुले उनको टाउकोमा गोली प्रहार गरे ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021