खेलकुद क्षेत्र नै सबैका लागि रोचक र ध्यानाकर्षणको विषय हो : मन्त्री विश्वकर्मा

ललितपुर, १ कार्तिक । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुद क्षेत्र सबैका लागि रोचक भएको चर्चा गर्दै उहाँले यस खेलले सबैको ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।

शुक्रवार ललितपुरको लगनखेलमा शुरू भएको दक्षिण एशियाली अन्डर १६ महिला नेटबल प्रतियोगितामा बोल्दै उहाँले नेटबललाई सार्क गेममा राख्न आफूले पहल गर्ने बताउँदै नेटबल प्रतियोगिता प्रभावकारी बन्दै गएको बताउनुभएको छ ।

यहाँ भएको प्रतियोगितमा १६ वर्ष भन्दा मुनिका महिलाहरुले मात्र खेलिने भएकाले खेल सबैका लागि रोचक भएको चर्चा गर्दै उहाँले यस खेलले सबैको ध्यानाकर्षण गरेको दाबी गर्नुभयो । नेपालमा नेटबल खेलप्रति महिला र पुरुष दुबैको आकर्षण बढ्दै गएको चर्चा गर्दै नेटबल खेलको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नेटबल संघका अध्यक्ष एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नेटबल खेललाई प्रभावकारी बनाउनका लागि आफ्नो टिमले महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।

शुक्रवारदेखि लागनखेल स्थित आर्मी फिजिकल तथा स्पोर्टस सेन्टरमा शुरु भएको नेटबल प्रतियोगिता मंगलवारसम्म चल्नेछ । नेपाल, भारत, पाकिस्तान, माल्दिप्स र श्रीलङ्काबीच नेटबलको प्रतियोगितामा सहभागि भएका छन् ।

नेपालमै पहिलो पटक दक्षिण एशियाली नेट बल प्रतियोगिता शुरु भएको हो । खेल प्रति क्वाटर १० मिनेटका दरले ४० मिनेटसम्म खेलिने सङ्घले जनाएको छ ।

खेलमा श्रीङ्गापुर, श्रीलङ्का, भारत, नेपाल, पाकिस्थान र माल्दिपबाट गरी १२ जनाएम्पायरमा रहेका नेटबल संघका महासचिव दीपक लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक