बालअधिकार कार्यान्वयन गर्न सरकारले पूर्वाधार बनाउनुपर्छ : प्रधानन्यायाधीश जबरा

काठमाडौँ, १ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाल अधिकार र बाल न्यायसम्बन्धी ऐन, कानुनहरुको कार्यान्वयनका लागि सबै पक्षको प्रतिवद्धता चाहिने बताएका छन् ।

आज ललितपुरमा केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बाल न्यायसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सरकारको पनि ध्यानाकर्षण गराए ।

उनले भने, ‘बालअधिकार र बाल न्यासम्बन्धी बनेका कानुनहरुको व्यवहारिक कार्यान्वयनका लागि सम्वद्ध सबै निकायहरुको स्पष्ट प्रतिवद्धता, समक्षता र क्रियाशीलता आवश्यक छजस्तो मलाई लाग्दछ, ‘सोसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि पूर्वाधारको निर्माण गर्न पनि उत्तिकै जरुरी रहेको छ ।’

प्रधानन्यायाधीश जबराले नेपालले प्रतिवद्धता गरेका बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरुको सम्मान तथा नेपालको संविधानले प्रत्याभूति गरेको सोसम्बन्धी मौलिक हकहरुको प्रचलनका लागि समेत बाल न्यायसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

पाँचथर, ९ कार्तिक । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेपछि पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ । काठमाडौँका आठ वटै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021