युएईमा विश्वकप ग्लोबल छनोट आजबाट सुरु

काठमाडौँ, १ कार्तिक । सन् २०२० मा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत युएईमा आजबाट ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ ।

आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा सहभागी हुन १४ राष्ट्रले छनोटमा प्रतिप्रस्र्धा गर्दैछन् । युएईको दुबई र आबुदाबीमा हुने छनोट प्रतियोगिताबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् ।

एक आयोजक सहित टी–ट्वान्टी वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन् । छनोट खेल आजबाट सुरु भई ३ नोभेम्बरसम्म चल्नेछ ।राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ,क्यानडा, जर्सी र नाइजेरिया रहेका छन् ।

छनोटको पहिलो दिन चार खेल हुनेछ । आज हुने पहिलो खेलमा स्कटल्याण्ड र सिंगापुर, दोस्रो खेलमा हङकङ र आयरल्याण्ड, तेस्रो खेलमा केन्या र नेदरल्याण्ड तथा चौंथोमा युएई र ओमानले खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ५ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका

अर्घाखाँची, ५ कार्तिक। जिल्लाको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प

झापा, ५ कार्तिक । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु

काठमाडौँ, ५ कार्तिक । देशका तीन जिल्लाका सडक अवरुद्ध भएको छ ।  नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न