युएईमा विश्वकप ग्लोबल छनोट आजबाट सुरु

काठमाडौँ, १ कार्तिक । सन् २०२० मा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत युएईमा आजबाट ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ ।

आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा सहभागी हुन १४ राष्ट्रले छनोटमा प्रतिप्रस्र्धा गर्दैछन् । युएईको दुबई र आबुदाबीमा हुने छनोट प्रतियोगिताबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् ।

एक आयोजक सहित टी–ट्वान्टी वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन् । छनोट खेल आजबाट सुरु भई ३ नोभेम्बरसम्म चल्नेछ ।राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ,क्यानडा, जर्सी र नाइजेरिया रहेका छन् ।

छनोटको पहिलो दिन चार खेल हुनेछ । आज हुने पहिलो खेलमा स्कटल्याण्ड र सिंगापुर, दोस्रो खेलमा हङकङ र आयरल्याण्ड, तेस्रो खेलमा केन्या र नेदरल्याण्ड तथा चौंथोमा युएई र ओमानले खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ६ असोज । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको