काठमाडौँ, १ कार्तिक । आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





