भू–माफियाहरूले उन्मुक्ति पाउने सम्भावना, शक्तिको आडमा गुपचुप बन्दै जग्गा हिनामिनाका काण्ड

काठमाडौँ, १ कार्तिक । हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएका छन् । प्रभावशालीहरूको प्रभावमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् ।

उनीहरू जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको बताउँछन् । जसका कारण केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय पछिल्लो समय गुपचुप बन्दै गएको पाइएको हो ।

बालुवाटारको सरकारी जग्गा माफिया र मालपोत कर्मचारीको मिलेमतोमा व्यक्तिगत बनाइएको पुष्टिसँगै सरकारले आयोगमार्फत छानबिन थालको थियो । तर, अपेक्षित रूपमा जग्गा अपचलनका विषय भने छानबिनको घेरामा पर्न सकेको छैन ।

सरकारले देशभरका जग्गा हिनामिनाका उजुरी छानबिनका लागि ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’ गरेर छानबिन थालेको थियो । तर, आयोगमा अपेक्षा गरेअनुसार उजुरी आउन सकेको छैन । आयोगका सदस्य हजारौंको संख्यामा उजुरी पर्ने अपेक्षा गरिए पनि उजुरी गुपचुप बन्दै गएको बताउँछन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराई अपेक्षाअनुसारको उजुरी नपरेको बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021