पाँच महिला दिदीबहिनीको ‘लिटिल स्टर मन्टेश्वरी प्रि–स्कूल’ : महिलालाई स्वावलम्बी बनाउन सहयोग

काठमाडौँ, ३० असोज । विभिन्न विषयमा डिग्री हासिल गरेका पाँच महिला दिदीबहिनी मिलेर धेरै महिलालाई स्वावलम्बी बनाउन सहयोग गरिरहनुभएको छ ।

उहाँहरूले सिप तालिम वा लगानी गरेर होइन कि कामकाजी महिलाको साना उमेरका नानीहरूलाई सुरक्षित रूपमा हुर्कने वातावरणको सृजना गरेर सहयोग गर्नुभएको हो । सपना थापालगायतको पाँच दिदीबहिनीको संयुक्त प्रयासमा कागेश्वरी मनोहरा–७ काँडाघारी विरेन्द्रचोकमा ‘लिटिल स्टार मन्टेश्वरी प्रि–स्कूलको स्थापना गरी महिला शसक्तिकरणमा योगदान पु¥याईरहनुभएको छ । त्यहाँ आफ्ना साना बालबालिकालाई राखेर ढुक्कले अफिस, व्यवसायमा आफ्नो योग्यता क्षमताको प्रदर्शन गर्ने अवसर धेरै महिला दिदीवहिनीलगायत उहाँका घरपरिवारले अवसर पाएका हुन् ।

मन्टेश्वरी प्रणालीका सिकाई पद्धतीमा नानीहरूलाई राख्ने धेरै स्कूल छन् राजधानीलगायत सहरी क्षेत्रमा । तर उक्त स्कूलमा भने आफ्ना साना नानीसहित विहानदेखि बेलुकासम्मै स्कूल सञ्चालक आमाहरू खटिनुहुन्छ । त्यहाँका सबै नानीहरूले आमाको माया, ममता प्राप्त गरेका छन् ।
सहरको व्यस्त जीवन । महिला÷पुरूष दुवैजनाले काम गर्नुपर्ने वाध्यता छ । महिलाको पनि शिक्षामा पहुँच छ । प्राप्त शिक्षाको सदुपयोग वा उपयोग गरेर आर्थिक उपार्जन गर्ने हरेक महिलाको हक हो । व्यस्त जीवनसँगै आफ्ना साना नानीहरूलाई सुरक्षित हुर्काउने वातावरणका लागि मन्टेश्वरी स्कुलहरूले अभिभावकलाई साथ दिएको छ । यस्तो सेवा दिने विरेन्द्रचोकस्थित मन्टेश्वरी प्रि–स्कूल सञ्चालकहरू प्रिन्सिपल सपना थापा, विपना थापा, अन्जु कट्वाल, निर्मला खड्का र चन्दा कार्की हुनुहुन्छ ।

उहाँहरू सबैले विभिन्न विषयमा एमए उत्तिर्ण गर्नुभएको छ । प्रिन्सिपल सपना थापा बताउनुहुन्छ– श्रीमान घरपरिवारको सहयोग र प्रेरणाले मलाई काम गर्न उत्साहित गरायो । साथै दिदीबहिनी, साथीभाइ, टोलछिमेकको समेत सहयोगले यो स्कूल खोल्न हामी सफल भएका छौं । सुरूमा यो क्षेत्रमा स्कुल जाने उमेरकालाई पढाउने स्कुल त प्रसस्त थिए तर स्कुल जान नसक्ने उमेरका बालबालिकालाई राख्ने स्थानको अभाव थियो ।

महिलालाई घरपरिवा, अफिस, व्यापार व्यवसाय सँगसँगै धान्नुपर्ने वाध्यतालाई मन्टेश्वरी प्रि स्कूलले मात्र सहयोग गर्न सक्छ भन्ने सोचले पाँचजना उत्साहित साथीसँग मिलेर यो स्कुल खोलेका छौं । जहाँ साना नानीहरू खेल्दै रमाउँदै गीत, ¥याम्स गाउँदै हरेक दिन नयाँ कुरा सिक्दैछन् । १६ महिनादेखिका बालबालिकालाई समेत राख्न मिल्ने व्यवस्थासहित वि.स. २०७६ साल श्रीपञ्चमीको दिनमा उद्घाटन गरिएको सो स्कूलमा हाल २५ जना बालबालिका छन् ।

स्कुलमा घरकै वातावरण सृजना गरौं भनेर हामीले आ–आफैं स्कूलमा हरेक दिन उपस्थित भएर काम गरिरहेका छौँ, स्कूल संस्थापकमध्ये चन्दा कार्की बताउनुहुन्छ । आमाको न्यानो काखमा हुर्कने उमेरका साना नानीहरूलाई राखिने स्कूल हो । उनीहरूलाई त्यस्तै माया, स्याहारको आवश्यकता पर्दछ । हामीमध्ये तीनजनाको त यहि राख्ने उमेरका नानी छन् । हामी सबै आमा हौं । छोराछोरी जन्माई हुर्काई गरी अनुभव बटुलेकाहरू छौं । आफ्नै अनुभवको सदुपयोग गर्दै सेवा पनि गरौं, काम पनि गरौं भनेर स्कूल स्थापना गरेका छौं उहाँ भन्नुहुन्छ ।

यस्तो स्कूलमा पोषणयुक्त खाना, सुत्ने, खेल्ने रमाउने सबै प्रकारको सेवा उपलब्ध गराउनुपर्छ, उनीहरूलाई बोल्ने, हिड्ने, दशैं, तिहारलगायत विभिन्न चाडपर्व कसरी मनाउने, चाडपर्वमा के–के गरिन्छ, चाडपर्व किन मनाउनेलगायत कथा, गीत सुनाउने, रितिथिती संस्कार समेत सिकाउने व्यवस्था गरिएको अन्जु कट्वालले जानकारी दिनुभयो ।

हिजो हामीले आमा हजुरआमा हजुरवुवालगायत परिवार छिमेकीसँग सिक्न पाउने सबै व्यवहारबाट आजका साना नानीहरू बञ्चित छन्, आमा,बुवा व्यस्त हुनुपर्ने, हजुरबुवा हजुरआमालाई गाउँमै छोडेका छौं, सँगै भएपनि उहाँहरूले अहिलेका नानीहरूलाई हेरविचार गर्न सक्ने अवस्था छैन । त्यसकारण यस्तो स्कुल आजको आवश्यकता नै हो भन्ने सोचले काम गरिरहेका छौं । स्कूल वरपरका अभिभावकहरूबाट पनि राम्रो सहयोग पाएका छौं र भविष्यमा पनि यस्तो सहयोग पाईरहने अपेक्षा गरेका छौं, स्कुल सञ्चालक समुहकी निर्मला खड्का बताउनुहुन्छ ।

मेरो पनि सानी नानी छिन् , नानी हुर्काउनकै लागि घरमै बसिरहनुभन्दा समाजसेवा समेत हुने प्रि स्कूलमा लगानी गरी आफु रोजगार हुने र आफु जस्तै धेरै शिक्षित महिलालाई पेशा व्यवसाय गर्न सहयोग पनि पुग्ने भएकोले यहि काम गरियो । काम गर्दै जाँदा अनुभव पनि बटुल्दै छौ हामी हौसिएका पनि छौं, सबैको साथ सहयोग प्राप्त गरेका छौ सपना थापा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर