उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौँ, ३० असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन ।

मित्रराष्ट्र चीनको हुवेइ प्रान्तको उहानमा १८ अक्टोबर २०१९ मा आयोजना हुने ७औ CISM military world world games र २०/२२ अक्टोबर १०१९ मा बेइजिङ मा हुने ९औ Beijing Xiangsgan forum कार्यक्रममा नेपालको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेका हुन ।

उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गरेका हुन । चीनको उहान सहरमा यहि कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम)मा नेपाली सेनाले भाग लिने भएको छ । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ ।

दुर्गा राज सिंह को नेतृत्वमा महिला ४६ केजी तौल समुहमा काजल श्रेष्ठ, ४९ केजि तौलसमुहमा युनिसा राई र ६२ केजि तौलसमुहमा नम्रता तुलाधरले प्रतिस्पर्धा गर्नुहुनेछ । पुरुष तर्फ ५८ केजि तौलसमुहमा सागर गुवाजु, ६३ केजि तौलसमुहमा ज्ञानेन्द्र हमाल, ८० केजि तौलसमुहमा रामदत्त भट्ट र ८७ केजि तौलसमुहमा सक्षम कार्कीले प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै टिम प्रशिक्षकको भूमिका निर्वाह गर्न दान बहादुर ऐरि र सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाल पनि आजै त्यस तर्फ प्रस्थान गर्नुभएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिन लागेको हो ।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ । नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ गरि १३ वटा खेलामा मात्र सहभागीता जनाउने छ ।

स्याङ्ग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ । मन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021