काठमाडौँ, ३० असोज । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





