त्रिविमा प्राइभेट परीक्षाको फारम भर्ने म्याद थप

काठमाडौँ, २९ असोज । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका अनुसार कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा दशैं विदापछि कार्यालय खुल्दा फारम भर्नेको अत्यधिक भीड भएकाले एक हप्ता थप गरेर कात्तिक ८ गतेसम्म पुर्‍याएको हो ।

दोब्बर दस्तुर तिरेर फारम भर्ने मिति भने कात्तिक १९ गतेसम्म बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा