काठमाडौँ, २९ असोज । नेपाल र यूएईका श्रममन्त्रीबीच भेटवार्ता भएको छ ।
बुधवार यूएईको आबुधाबीमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उनका समकक्षी यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपालका तर्फबाट मन्त्री विष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राखेका छन । त्यस्तै भेटमा मन्त्री नासेर थानी अल हम्लीले नेपाली श्रमिकका विषयमा यूएई गम्भीर र सुधारका प्रयासमा सकारात्मक भएको बताएका छन ।
मन्त्री हम्लीले नेपाल र नेपालीले यूएईलाई दिएको योगदानको प्रशंसा गर्दै द्विदेशीय सम्बन्ध विकासमा यूएई प्रतिबद्ध रहेको बताए ।