केही वर्षमै मुलुकमा परिवर्तनको आभास हुन्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ, २९ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताएका छन् ।

बुधबार काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा)ले आयोजित १० दिने पाँचखाल महोत्सवको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने बताए ।

मुलुकको परिवर्तनलाई आत्मसात् गर्नसक्ने सामथ्र्य पाँचखालसँग रहेको बताउदै उनले भने, ‘पाँचखाल अन्तरराष्ट्रिय कनेक्टिभीटीको प्रमुख नाका हो, विकासोन्मुख पाँचखाललाई अन्तरराष्ट्रिय क्षेत्रमा पनि अघि बढाइरहेका छौँ ।’ मेला तथा महोत्सवले स्थानीय परम्परा, सांस्कृतिक रीतिरिवाज तथा उत्पादनलाई प्राथमिकता दिनुपर्दछ र प्रचारप्रसारमा ल्याउनुपर्दछ, ‘तराईमा हाट बजार तथा पहाडमा जात्रा परम्परागत रुपमा चलिआएकाले मेलाको सम्भावना भोलिका दिनमा अझै बढ्छ ।’

सरकारको यो शिलान्यासको वर्ष भएको र अर्को वर्ष उद्घाटनको वर्ष भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक