काठमाडौँ, २९ असोज । बलिउड नायक ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ले विश्वव्यापीरूपमा ४०० करोड भारू बढीको कमाइ गरेको छ ।
वक्सअफिस इण्डियाका अनुसार फिल्मले १३ दिनमा कुल ४०६.५ करोड भारू कमाएको छ जसमध्ये भारतमा उसले ३३२ करोड कमाएको हो भने डायस्पोराबाट ७९.५ करोड भारू कमाएको हो ।
सोमबारमात्र सिनेमाले १० करोड भारूको कमाइ गरेको छ । फिल्मको नेट कमाइ २६६.२५ करोड भएको छ । यो कमाइले सलमान खानको ‘भारत’को कमाइको कीर्तिमान तोडेको छ ।