काठमाडौँ, २९ असोज । सांसद प्रमोदकुमार शाहमाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद दिएको छ ।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका शाहमाथि धनुषा जिल्ला अदालतका न्यायाधीश तीर्थ प्रसाद केसीको इजलासले हिरासतमै राखेर ४ दिन अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा धनुषा अदालतले मंगलबारै सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो । पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका थिए ।