काठमाडौँ, २९ असोज । विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले बुधवार विहान प्यूठान नगरपालिका वडा नं। ३ मान्द्रेचौर निवासी अन्दाजी ५० बर्षीय रन्तबहादुर थापालाई घरवाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका थापा विप्लवका राप्ती व्यूरो सदस्य रहेको भन्ने खुल्न आएको छ । पक्राउ परेका थापा माथि थप अनुसन्धान प्रहरीले बजनाएको छ ।