मेक्सिकोमा सुरक्षाकर्मी र अज्ञात हतियारधारीबीच गोली हानाहान, पन्ध्रको मृत्यु

एजेन्सी, २९ असोज । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मी र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा १५ जनाको मृत्यु  भएको छ ।

मङ्गलबार अपरान्ह ५ बजे मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा हुदा १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् ।

उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन् । उक्त गुुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाले सो कुराको जानकारी दिएका छन ।

तर यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् । उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड