विश्वकप छनोटको दोस्रो चरणको खेलमा बंगलादेश र भारत बराबरी

काठमाडौँ, २९ असोज । विश्वकप छनोटको दोस्रो चरणमा बंगलादेशले भारतसँग १–१ गोलको बराबरी खेलेको छ ।

मंगलबार राति कोलकत्तामा समूह ‘ई’ को खेलमा बंगलादेश र घरेलु टोली भारत १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न पुगेको हो ।

पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा बंगलादेशले अंक बाँड्न पुग्यो । यो बराबरीसँगै बंगलादेशले जित हात पार्ने राम्रो अवसर खेर फालेको छ । तीन खेल खेलेको भारतले दुई खेलमा बराबरी र एक खेलमा हार ब्योर्दै २ अंक बनाएर समूह ‘ई’ को चौथो स्थानमा छ ।

समूहको शीर्ष स्थानमा कतार रहँदा दोस्रोमा ओमान र तेस्रो स्थानमा अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका