काठमाडौँ, २९ असोज । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज पनि चाँदी १० रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।