एनआरएनए राजनीतिक समूहजस्तो बन्यो : संस्थापक अध्यक्ष महतो

काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको राजनीतिक अन्तरविरोध छताछुल्ल भएको छ। संघको मंगलबारदेखि काठमाडौंमा जारी नवौं महाधिवेशनमा अधिकांश उम्मेदवारहरू राजनीतिक पृष्ठभूमिबाट आएको भन्दै यसका केही अभियन्ताहरूले असन्तुष्टि पोखेका छन् ।

यसको अग्रपंक्तिमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नै देखिएका छन् ।  उनले  राजनीतिक खिचातानी बढेको भन्दै मंगलबार सम्मेलन नै बहिष्कार गरे ।

यस विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले संघमा पछिल्लो समय राजनीति मौलाउँदै गएकाले आफू यसविरूद्ध उत्रेको प्रतिक्रिया दिए । ‘अनावश्यक राजनीतिक हस्तक्षेप बढेकाले उपस्थित नभएको हुँ, पहिलेभन्दा यसपटक राजनीति बढी नै भएजस्तो लाग्यो।’ –महतोको भनाइ थियो।

संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गराउन स्थापित संस्थामा राजनीति बढ्दै गएकोमा रोष प्रकट गर्दै संस्थापक अध्यक्ष महतोले प्रतिप्रश्न गरे– ‘विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप, क्षमता तथा पूँजीलाई मातृभूमिको विकासमा लगाउनुपर्ने संस्था नै राजनीतिक समूहजस्तो बनेपछि देशको विकास कसरी हुन्छ?’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021