त्रिविमा २१ अर्ब बेरुजु १० करोड रुपियाँ कहाँ गयो ?

काठमाडौँ, २९ असोज । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।

त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ।

‘उपत्यकाका सबै निकायको नौ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भन्नुभयो– ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषद्मा पेस गर्ने तयारी भइरहेको छ।’

त्रिविले करिब ८५ करोड रुपियाँबराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ। करिब ९ करोड रुपियाँबढी खर्च भएकोमा ७ करोड रुपियाँबराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषद्मा पेस गरेको छ। यो समाचार आजको नेपाल समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर