काठमाडौँ, २८ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदलाई जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै सांसद प्रमोद कुमार साह पक्राउ परेका हुन ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौँको विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिने छ ।