कांग्रेसद्वारा हत्याको आरोपी आलमलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन

रौतहट, २७ असोज । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सामूहिक हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई निशर्त रिहाइ गर्नु पर्ने माग राख्दै रौतहटमा प्रदर्शन गरेको छ ।

रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आलमलाई २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका आलममाथि प्रहरीले अनुसन्धान गर्न नहुने माग राखेर कांग्रेसले सोमबार रौतहटका विभिन्न स्थाननमा विरोध प्रदर्शन गरेको हो । बम विस्फोटमा परी घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायतलाई जिउँदै इट्टाभट्टामा जलाइएको आरोपमा पूर्व मन्त्री आलमलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सांसद मोहम्मद आफताव आलम पक्राउको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताले रौतहटमा विरोध प्रर्दशन गरिरहेका छन् । चन्द्रनिगाहपुर, गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतका स्थानमा आलम समर्थकले टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन् ।

कांग्रेस रौतहटले राज्यले अुनसन्धान अघि बढाए आन्दोलनलाई निरन्तरता दिने बताएको छ । कांग्रेस रौतहटले कम्युनिष्ट पार्टीको सरकारले कांग्रेस कार्यकर्ताको मनोबल गिराउन आलमलाई पक्राउ गरेको आरोप लगाएको छ । आलमलाई संसद सचिवालयबाट निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021