काठमाडौँ, २७ असोज । नेपाली कलाकार समाज (इनास)अवार्ड फिल्म ‘बुलबुल’ले जितेको छ ।
विदेशमा रहेका कलाकारहरु एकीकृत भएको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अवार्डमा ‘बुलबुल’ले वर्षको उत्कृष्ठ चलचित्र सहित तीनवटा विधामा अवार्ड जितेको हो ।
आज काठमाडौँमा अवार्ड वितरण कार्यक्रममा चलचित्र ‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।
विभिन्न ११ वटा विधामा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘प्रसाद’ले पाएको छ । यस्तै उत्कृष्ठ अभिनेताको अवार्ड वीपिन कार्कीले पाएका छन् ।