काठमाडौँ, २७ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भोली मंगलबार सचिवालय बैठक बस्ने भएको छ ।
नेकपाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्न सचिवालय बैठक डाकेको हो । त्यस्तै, नेकपा सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा समेत छलफल गर्नेछ ।
बैठकमा एकताको बाँकी काम सक्ने र द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आवश्यक सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकको तयारीबारे छलफल हुने बताइएको छ ।