नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २७ असोज । आज सोमबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ ।

दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर रु २१ करेड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बीमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बीमा ३७.१ विन्दुले घटेको छ ।

आज प्रभु बैंकको रु दुई करोड ६५ लाख ७३ हजार १२७ मूल्यमा शेयर खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । यस्तै, सिद्धार्थ बैंक रु दुई करोड ६४ लाख पाँच हजार ८९४, नबिल बैंक रु एक करोड २६ लाख २८ हजार ६७९ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

राधी विद्युत् कम्पनीका शेयरधनीले ५.८४, एचआइडिसिएलका लगानीकर्ताले ४.५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६.४९ र अरुण काबेलीका शेयरधनीले ५.६३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)