एजेन्सी । आयरल्याण्डका पूर्व सेना शे ब्राडलीको मृत्यु ८ अक्टोबरमा भएको थियो ।
उनी आयरल्याण्डको सुरक्षा फोर्समा पूर्व सेना थिए । गत शनिबार उनलाई आफ्नो चलन अनुसार चिहानमा पुर्न लैजाने तयारी गरिँदै थियो । मलामीमा आएका प्रायजसो रोइरहेका देखिन्थे ।
पुर्नका लागि तयार भइसकेको कोफिन भित्रबाट एक्कासी आवाज आयो ‘हेल्लो, हेल्लो यहाँ अन्धकार छ, मलाई यहाँबाट निकाल, म बाकसभित्र छु चाँडो मलाई बचाउ ।’ यो आवाज ब्राडलीकै थियो ।
मलामीमा आएकाहरु केहीबेर अचम्म परे । पछि बुझे कि त्यो आवाज मर्नुअघि ब्राडली आफैले रेकर्ड गरेर राखेका थिए । उनकी छोरी एन्ड्रियाले ट्वीट गर्दै त्यो काम आफ्नै बुबाको अन्तिम चाहानामा गरिएको बताएकी छिन् ।
केही बेरअघि मात्रै रोइरहेका मलामीहरु उनको त्यो ठट्यौली थाहा पाएर हास्न थाले । ब्राडलीको मृत्यु पहिले नै निश्चित भएको र उनको चाहना अनुरूप नै उक्त भिडियो राखिएको हो ।