जब मृतकले नै रोइरहेका मलामीलाई हँसाएपछि…

एजेन्सी । आयरल्याण्डका पूर्व सेना शे ब्राडलीको मृत्यु ८ अक्टोबरमा भएको थियो ।

उनी आयरल्याण्डको सुरक्षा फोर्समा पूर्व सेना थिए । गत शनिबार उनलाई आफ्नो चलन अनुसार चिहानमा पुर्न लैजाने तयारी गरिँदै थियो । मलामीमा आएका प्रायजसो रोइरहेका देखिन्थे ।

पुर्नका लागि तयार भइसकेको कोफिन भित्रबाट एक्कासी आवाज आयो ‘हेल्लो, हेल्लो यहाँ अन्धकार छ, मलाई यहाँबाट निकाल, म बाकसभित्र छु चाँडो मलाई बचाउ ।’ यो आवाज ब्राडलीकै थियो ।

मलामीमा आएकाहरु केहीबेर अचम्म परे । पछि बुझे कि त्यो आवाज मर्नुअघि ब्राडली आफैले रेकर्ड गरेर राखेका थिए । उनकी छोरी एन्ड्रियाले ट्वीट गर्दै त्यो काम आफ्नै बुबाको अन्तिम चाहानामा गरिएको बताएकी छिन् ।

केही बेरअघि मात्रै रोइरहेका मलामीहरु उनको त्यो ठट्यौली थाहा पाएर हास्न थाले । ब्राडलीको मृत्यु पहिले नै निश्चित भएको र उनको चाहना अनुरूप नै उक्त भिडियो राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र