काठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।
बुधबार राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्नेछिन् । साथै यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् ।