मन्त्री बिष्ट पाँचौं आबुधाबी डायलगमा सहभागी हुन यूएई जादै

काठमाडौँ, २७ असोज । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट पाँचौं आबुधाबी डायलगमा सहभागी हुन यूएई जाने भएका छन ।

कामदार लिने र दिने देशबीच हुने बहुपक्षीय छलफलको मन्त्रीस्तरीय पाँचौं आबुधाबी डायलगमा सहभागी हुन मन्त्री बिष्ट मंगलबार यूएई जाने  कार्यक्रम रहेको छ ।

मन्त्रालयका अनुसार संवादमा सहभागी हुन मन्त्री बिष्टको नेतृत्वमा श्रम मन्त्रालयका सचिव, सह–सचिव र वैदेशिक रोजगार महाशाखाका प्रमुखसमेत यूएई जाने भएका छन । सवांदमा नेपालबाट मन्त्री नेतृत्वको टोलीसहित यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सिलर भेषबहादुर कार्कीको समेत सहभागिता रहनेछ ।

संवादमा एसियाली र खाडी देशहरूबीच कामदारको भर्ती र आयातका लागि भएका वर्तमान संयन्त्रबारे समीक्षा गर्दै थप निर्णय लिइने छ ।

छलफलमा कामदार पठाउने देशहरु नेपालसहित अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिहरुको सहभागिता रहनेछ । कामदार आपूर्ति गर्ने देशहरु यूएईसहित बहराइन, ओमान, कुवेत, कतार, साउदी अरब, यमन र मलेसियाका प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै, डायलगमा अन्तर्राष्ट्रिय श्रम स‍ंगठन, आप्रवासी कामदारको हकहितमा काम गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासमेत सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा

काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021