सिन्धुली, २७ असोज । एन आई सी एसिया बैंकले नेपाली सेनालाई बिपद् जोखिम न्यूनिकरण तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
अन्तर्राष्ट्रिय प्राकृतिक प्रकोप तथा बिपद् व्यवस्थापन दिवसको अवसरमा एन आई सी एसिया बैंकले जिल्ला बिपद् व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा सेनालाई सामग्री हस्तान्तरण गरेको हो ।
बैकले नेपाली सेनाको बर्दबहादुर गणलाई बिपद् जोखिम न्यूनिकरणमा प्रयोग गरिने १/१ थान रुख तथा हाँगा काट्न प्रयोग गरिने पेट्रोल चेन, र ढुङ्गा पत्थर फोर्नको लागि आवश्यक पर्ने रोटरी ह्यामर हस्तान्तरण गरेको छ ।