कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरिने

काठमाडौँ, २७ असोज । नेपाल र चीनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारी भएको छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणक्रममा आइतबार त्रिवि र चीनको कन्फ्युसियस हेडक्वार्टरका पदाधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले चिनियाँ भाषा प्रवर्द्धन, अध्ययन, अनुसन्धानका निम्ति कन्फ्युसियस हेडक्वार्टरसित सम्झौता भएको जानकारी दिए । ‘एक वर्षभित्र कन्फ्युसियस इन्स्टिच्युट स्थापना भइसक्ने छ,’ उनले भने, ‘इन्स्टिच्युटअन्तर्गत चिनियाँ भाषा पढाउने, अध्ययन, अनुसन्धान गराउने र त्यसलाई प्राज्ञिक कोर्सका रूपमा अघि बढाउने सहमति भएको छ ।

समझदारीअनुसार चिनियाँ विद्यार्थी नेपाली भाषा सिक्न नेपाल आउने छन् । नेपालीले इन्स्टिच्युटअन्तर्गत दुई वर्ष नेपालमै चिनियाँ भाषा पढ्ने छन् भने एक वर्ष चीनमा गएर पढ्न पाउने छन् । सबै शुल्क चिन सरकारले व्यहोर्नेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर