सुरुङमार्ग निर्माणमा चीनसँग समझदारी

काठमाडौँ, २७ असोज । नेपाल र चीनबीच नेपालमा सुरुङमार्ग निर्माणका लागि समझदारीपत्र (एमओयू)मा आइतबार हस्ताक्षर भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय भ्रमणका क्रममा दुई मुलुकबीच सुरुङमार्ग निर्माणसहित विभिन्न १८ वटा समझदारीपत्र र दुईवटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय र ‘चाइना इन्टरनेसनल डेभेलपमेन्ट को–अपरेसन एजेन्सी’बीच सुरुङ निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा ‘एमओयु’ भएको हो ।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले राजधानीको टोखादेखि नुवाकोटको छहरेसम्म चार किलोमिटर लामो र रसुवाको वेत्रावतीदेखि स्याफ्रुबेँसीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा सो ‘एमओयु’ भएको जानकारी दिनुभयो ।

काठमाडौँलाई चीनको केरुङसँग जोड्ने दुई मुलुकको प्राथमिकतालाई २४ किलोमिटरको उक्त सुरुङमार्ग निर्माणले मद्दत पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन सुरु गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले बताउनुभयो । याे खबरआजको गाेरखापत्र दैनकिमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा