काठमाडौँ, २६ असोज । शुक्रबार रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले दुई दिनमै तीन करोड रूपैयाँभन्दा बढी कमाएर रेकर्ड बनाएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म देशभरमा तीन सयभन्दा बढी शो चलिरहेको छ । निर्देशक लामाका अनुसार शुक्रबार फिल्मले एक करोड ५५ लाख रूपैयाँ कमाएको थियो भने दोस्रो दिन शनिबार योभन्दा दस लाख बढी कमाएको हो ।
दीपकराज गिरी, दीपाश्री निरौला र उनीहरूको टिमले निर्माण गरेको यो चौथो फिल्म हो ।