काभ्रे दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति

काभ्रे, २६ असोज । काभ्रेमा गाडी दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत पाँचरपाँच लाख रुपैयाँ उपलब्ध गराउने, किरिया खर्चबापत पचासरपचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच आइतबार सहमति भएको छ ।

मृतकका परिवारलाई पाँच लाख रुपैयाँ दिने सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन् । किरिया खर्चबापतको पचासरपचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिन भित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ ।

सो घटनामा परी सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो ।

उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा