काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको बताएका छन् ।
आज पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको बताउदै उनले भने, ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु ।’
उनले राष्ट्रपति सीको नेपाल भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताउदै चीन नेपालको पुरानो मित्र शक्ति भएको बताए । उनले भने, सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ ।’