काठमाडौँ, २६ असोज । चीनले आफ्नो सहयोगमा निर्मित १० भूकम्प मापन केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
आइतबार चिनियाँ राष्ट्रपति सी जीनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हिमालसँग जोडिएका १० जिल्लामा निर्मित केन्द्रहरु हस्तान्तरण गरिएको हो ।
भूगर्व विभागका अनुसार संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा र दार्चुलालगायत जिल्लामा ती भूकम्प मापन स्टेशन निर्माण भएका छन् ।
यी स्टेशन सञ्चालनपछि नेपालभरको भूकम्पको तथ्यांक मापन गर्न सहज हुने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।