एजेन्सी, २६ असोज । युरो कप २०२० का लागि भएको छनोट खेलमा इटालीले ग्रिकलाई पराजित गरेको छ ।
रोमामा भएको खेलमा ग्रिकलाई २–० ले पराजित गर्दै इटालीले अर्को वर्ष हुने युरो कपमा छनोट भएको छ । इटालीका लागि जोर्गिन्हो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे ।
जितसँगै इटालीले समुह जे को खेलमा २१ अंक बटुलेको छ ।






