नेपालको विकासमा चीन साझेदार : राष्ट्रपति सी

काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सीले साँझ उनको सम्मानमा होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा काठमाडौं आएका हुन् ।

रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी छहरेदेखि काठमाडौंसम्म सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिबद्धता जनाए । सीले नेपाललाई ल्यान्डलक्डबाट ल्यान्डलिंक्डमा रूपान्तरण हुन चीनले सघाउने पनि बताए।उनले भूकम्पपछिको पुनर्निर्माणका लागि चीनको सहयोगमा अघि बढेका परियोजनालाई पनि द्रुत गतिमा पूरा गर्ने प्रतिबद्धता जनाए । चीनले तीन वर्षभित्र करिब ५६ अर्ब रुपैयाँ सहयाेग गर्ने। नेपाललाई ल्याण्डलक्डबाट ल्याण्डलिंक्ड हुन चीनले सघाउने ।

‘आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ।चीन र नेपालबीच कुनै समस्या नभएको मित्रता मात्र छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ,’ उनले भने, ‘दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’ राष्ट्रपति सीले नेपालमा आफ्नो पहिलो भ्रमण भएको उल्लेख गर्दै चीन–नेपाल औपचारिक सम्बन्ध स्थापना भएको आधा शताब्दीमा दुई देशबीच कुनै समस्या नभएको र मित्रता मात्रै भएको स्पष्ट पारे । उनले नेपाल आउँदा पुराना तथा नयाँ साथीसँग भेट भएको बताए । नागरिक दैनिकमा याे खबर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभा पुन:स्थापनासँगै नयाँ सत्ता समीकरणको लागि प्रचण्ड-माधव पक्ष र जसपा नेतृत्वबीच छलफल भएको छ । पुष्पकमल

काठमाडौँ, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक

काठमाडौँ, १३ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ

काठमाडौँ, १२ फागुन । मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021