राष्ट्रपति सीलाई मुगुवासीको आग्रह : नाक्चेनाङ्ला नाका खोल्नु  पर्‍यो

काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणका क्रममा बिब्बतसँग जोडिएको नाक्चेनाङ्ला नाकाले बैधानिकता पाउने अपेक्षा मुगुवासीले गरेका छन् । यो नाका वर्षेनि एकपटक साउनमा १५ दिनमात्र मुगु र तिब्बतबीच हुँदै आएको व्यापारिक मेलाका लागि खुल्ने गर्छ ।

मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले यो नाकालाई औपचारिक रुपमा खोलेर सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए । डेढ दशकदेखि निर्माण कार्य ओझेलमा परेको नाक्चेनाङ्गला सडक निर्माणमा पनि चिनियाँ सहयोग खाँचो रहेको उनको भनाइ छ । चीन सरकारले मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दालाई अनुदान स्वरुप उपलब्ध गराउँदै आएको खाद्यान्न पनि नियमित गर्न उनले माग गरे । यो अनुदान गत वर्षदेखि स्थगित गरिएको छ ।

कर्णाली प्रदेशसभा सदस्य झोवा बिकले पर्यटकीय क्षेत्र राराको पर्यटन पूर्वाधार निर्माणमा चीन सरकारको सहयोगको आशा व्यक्त गरिन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

काठमाडौँ, १८ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021