सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती

काठमाडौँ, २६असोज । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ ।

शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको हो ।

राष्ट्रपति सी विमानस्थल ओर्लनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो । हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाई पनि तयार राखिएको छ ।

राष्ट्रपति सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ जनमुक्ति सेना गरी चार तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्था मिलाईएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार एक्लै

काठमाडौँ, ३० माघ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा

काठमाडौँ, ३० माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गाजर(तराई) (केजी)

काठमाडौँ, ३० माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल