काठमाडौँ, २५ असोज । बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ले बक्स अफिसमा उत्कृष्ट कमाई गरिरहेको छ ।
फिल्मले रिलिजमा आएको एक सातामै २०० करोड भन्दा बढीको ब्यापार गरिसकेको थियो । अब यो फिल्मले केही दिनमै २५० करोड भन्दा बढी बक्स अफिसमा कलेक्शन गर्ने बताइएको छ ।
रिपोर्टका अनुसार यो फिल्मले रिलिजमा आएको १० औं दिन ६.५० करोडको कलेक्शन गरेको थियो । यस हिसाबले अहिलेसम्म यो फिल्मले २४४.८५ करोड कलेक्शन गरिसकेको छ ।
ट्रेड एनालिस्ट राज बंसलका अनुसार यो फिल्मले सरिलिजमा आएको ९ औं दिन ९.५ करोडको कलेक्शन गरेको थियो । वास्तवमा भन्नुपर्दा ‘वार’ले रिलिजमा आएको तीन दिनमै १०० करोडको ब्यापा गरेको थियो । त्यस्तै चौथो दिन १२५ करोड, पाँचौं दिन १५० करोड, छैटौं दिन १७५ करोड र सातौं दिन २०० करोडको ब्यापार गरेको थियो । त्यस्तै आठौं दिन २२५ करोडको कलेक्शन गर्नै रेकर्ड कायम गरेको थियो ।
फिल्ममा ऋतिक र टाइगरका अलवा वाणी कपुर पनि मुख्य भूमिकामा छन् ।