शान्ति सुव्यवस्था कायम गर्न ऐक्यबद्ध भएर लाग्नु पर्नेमा सांसद जिसी जाेड

बाग्लुङ, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद मनकुमारी जिसीले कुनै पनि अपराधी जुनसुकै पार्टी तथा ओहदाको भएपनि अपराध अनुसारको कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

आज नेपाल प्रहरीको ६४औं स्थापना दिवशको अवसरमा बाग्लुङ प्रहरीले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद जिसीले नेपाल प्रहरीको अनुसन्धान कमजोर नभएको उल्लेख गर्दै विगतमा भएका अपराधिक घटना जुन हालसम्म समेत पत्ता लगाउन नसकेका घटनाहरुलाई समेत प्रहरीले व्यापक मात्रामा अनुसन्धान गरी पिडितलाई न्याय दिने गरी पत्ता लगाई कानुनी उपचारको बाटोमा दत्तचित्त भई प्रहरी लाग्ुनपर्नेमा जोड दिनुभयो ।

बाग्लुङ जिल्लामा प्रहरीको भूमिका सराहनीय रहेको बताउँदै सांसद जिसीले प्रहरी जनताको साथिको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । संघिय संसदबाट संघिय प्रहरी ऐन निर्माण भइसकेको जानकारी गराउँदै सांसद जिसीले द्वन्द्व पिडित तथा अमर प्रहरी परिवारको समस्या समाधान गर्न पहल भएरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, शसस्त्र प्रहरी नायव उपरिक्षक, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक, पूर्व प्रहरी नायव उपरिक्षक माधव प्रसाद श्रेष्ठ, पत्रकार महासंघका जिल्ला सभापति दिल श्रीष, उद्योग बाणिज्य महासंघका अध्यक्ष युवराज भण्डारी, उपभोत्ता मञ्चका अध्यक्ष शैलेस कुमार श्रेष्ठ, नागरिक समाजका अध्यक्ष काजी गाउँले, नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर

काठमाडौँ, ५ बैशाख । काठमाडौँको डिल्लीबजारबाट जुवा खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । डिल्लीबजारस्थित गोपिनी महर्जनको घरमा जुवातास खेलिरहेका ओखलढुङगा

काठमाडौँ, ५ बैशाख । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या

सल्यान, ५ वैशाख । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको