फुटपाथमा बस कुद्दा ७ तीर्थयात्रीको मृत्यु

एजेन्सी, २४ असोज । भारतको उत्तर प्रदेशस्थित बुलन्द सहरमा तीब्र गतिमा आएको बस फुटपाथ चढ्दा त्यहाँ सुतिरहेका ७ तीर्थयात्रीहरुको घटनास्थलमै मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार शुक्रबार बिहान गंगा नदी नजिकै गान्धी घाटमा दुर्घटना हुदा मृत्यु हुने सातै जना महिल रहेका छन भने जसमा तीन जना बालिका भएको जनाएको छ ।

असोज १६ गते ५६ जनाको टोलीसहित भारतको मोहनपुर गाउँबाट हिँडेका उनीहरू जम्मुकस्मिरमा रहेको माता वैष्णोदेवी मन्दिरबाट फर्किँदै थिए । शुक्रबार बिहान पौने ३ बजे आराम गर्नका लागि गाडी रोकिएको थियो । केही तीर्थयात्री त्यही फुटपाथमा सुतेका थिए ।

बिहानको ४ बजे तीव्र गतिमा आएको बसले ७ जनालाई किचेको हो । मर्नेमा तीन जना एकै परिवारको रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।