फुटपाथमा बस कुद्दा ७ तीर्थयात्रीको मृत्यु

एजेन्सी, २४ असोज । भारतको उत्तर प्रदेशस्थित बुलन्द सहरमा तीब्र गतिमा आएको बस फुटपाथ चढ्दा त्यहाँ सुतिरहेका ७ तीर्थयात्रीहरुको घटनास्थलमै मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार शुक्रबार बिहान गंगा नदी नजिकै गान्धी घाटमा दुर्घटना हुदा मृत्यु हुने सातै जना महिल रहेका छन भने जसमा तीन जना बालिका भएको जनाएको छ ।

असोज १६ गते ५६ जनाको टोलीसहित भारतको मोहनपुर गाउँबाट हिँडेका उनीहरू जम्मुकस्मिरमा रहेको माता वैष्णोदेवी मन्दिरबाट फर्किँदै थिए । शुक्रबार बिहान पौने ३ बजे आराम गर्नका लागि गाडी रोकिएको थियो । केही तीर्थयात्री त्यही फुटपाथमा सुतेका थिए ।

बिहानको ४ बजे तीव्र गतिमा आएको बसले ७ जनालाई किचेको हो । मर्नेमा तीन जना एकै परिवारको रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :