प्रहरीको क्षमता अभिबृद्धिमा प्रदेश सरकारले विशेष भूमिका खेल्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा, २४ असोज । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले नेपाल प्रहरीले शान्ति सुरक्षामा अझ आफूलाई परिमार्जित तथा जनताको नजरमा भरपर्दो बनाउन प्रहरीको क्षमता अभिबृद्धिमा प्रदेश सरकारले विशेष भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाल प्रहरीको ६४ औं प्रहरी दिवस प्रदेश ३ को राजधानी हेटौंडामा ३ नम्बर प्रदेश प्रहरी कार्यालयको मुख्य आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले अपराध अनुसन्धान विभिन्न सूचना संकलन र अध्ययनका लागि प्रदेश स्तरीय अनुसन्धान व्यूरो गठन गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । ग्रामीण क्षेत्रमा रहने प्रहरी, सुरक्षाकर्मीहरुका लागि भवन तथा भौतिक संरचना भरपर्दो बनाउन तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

दिवसका अवसरमा कर्तव्य पालजनको क्रममा वीरगति प्राप्त प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै प्रहरीका लागि विभिन्न सहयोग गर्ने दताहरुलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न खेल, कौशलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०