हेटौंडा, २४ असोज । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले नेपाल प्रहरीले शान्ति सुरक्षामा अझ आफूलाई परिमार्जित तथा जनताको नजरमा भरपर्दो बनाउन प्रहरीको क्षमता अभिबृद्धिमा प्रदेश सरकारले विशेष भूमिका खेल्ने बताउनुभएको छ ।
नेपाल प्रहरीको ६४ औं प्रहरी दिवस प्रदेश ३ को राजधानी हेटौंडामा ३ नम्बर प्रदेश प्रहरी कार्यालयको मुख्य आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले अपराध अनुसन्धान विभिन्न सूचना संकलन र अध्ययनका लागि प्रदेश स्तरीय अनुसन्धान व्यूरो गठन गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । ग्रामीण क्षेत्रमा रहने प्रहरी, सुरक्षाकर्मीहरुका लागि भवन तथा भौतिक संरचना भरपर्दो बनाउन तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।
दिवसका अवसरमा कर्तव्य पालजनको क्रममा वीरगति प्राप्त प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै प्रहरीका लागि विभिन्न सहयोग गर्ने दताहरुलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न खेल, कौशलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।