काठमाडौँ, २४ असोज । बलिउडका महानायक अमिताभ बच्चनले आज शुक्रबार आफ्नो ७७ औं जन्मदिन मनाउँदैछन् ।
चार वटा राष्ट्रिय पुरस्कार जितीसकेका उनी सन् १९४२ मा तात्कालिन ब्रिटिस इण्डियाको अलाहाबाद(प्रयागराज)मा जन्मिएका थिए ।
अमिताभ बच्चन भारतका हिन्दी साहित्यका चर्चित कवि हरिवंश राय बच्चनका छोरा हुन् । एकदिन आफ्ना पितालाई अमिताभले रिसाउँदै सोधे, ‘तपाईले मलाई किन जन्माएको ? उनको यस प्रश्नमा उनका पिताले उनलाई तत्काल कुनै जवाफ दिएनन् । छोराको प्रश्नबाट केही हैरान भएका हरिवंशले त्यसको जवाफमा अमिताभलाई एउटा कविता लेखेर दिए ।
‘जीन्दगीको संघर्षबाट डराएको मेरो छोरोले
मलाई सोध्यो ।
मलाई किन जन्माएको ?
तर
मसँग यो बाहेक यसको कुनै जवाफ छैन ।
कि मलाई पनि मेरा बाबुले मलाई नसोधी
किन जन्माएका थिए ?
र
मेरो बाबुलाई पनि उनको बाबुले उनलाई पनि नसोधि नै जन्माए
र उनका बाबुले पनि उनलाई।
जीन्दगी र दुनियाँमा संघर्ष पहिला पनि थियो
आज पनि छ……
सायद अझ बढी
भोली पनि हुनेछ
झनै बढी ।
तिमीले नै नयाँ बाटो कोर्नु
आफ्नो छोरालाई उसैसँग मात्र सोधेर जन्माउनु….