फ्राइडे रिलीज अन्तर्गत आज हलमा ‘छ माया छपक्कै’

काठमाडौँ, २४ असोज । फ्राइडे रिलीज अन्तर्गत आज देशभर ‘छ माया छपक्कै’ रिलिज हुँदैछ ।

वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको उक्त फिल्मले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ । यस फिल्मले काठमाडौंभित्र मात्र २२ र काठमाडौं बाहिर २० शो पाएको छ ।

कमेडी जनरामा नै निर्माण भएको यस फिल्मलाई निर्देशन भने दीपेन्द्र लामाले गरेका छन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्मलाई रोहित अधिकारीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।