एकता नगरे राजपाको अन्त्य सुनिश्चित : मन्त्री यादव

सप्तरी, २३ असोज । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीसँग एकता नगरे राष्ट्रिय जनता पार्टी ९राजपा०को अन्त्य हुने चेतावनी दिनुभएको छ ।

समाजवादी पार्टीको राजविराज नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राजपालाई आफ्नो पार्टीसँग एकीकरण गर्नुबाहेकको विकल्प नै नभएको बताउँदै भन्नुभयो, ‘राजपालाई समाजवादीसँग एकीकरण गर्नुको विकल्प छैन । अन्यथा राजपाको अन्त्य सुनिश्चित छ ।

उहाँले संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिन आग्रहसमेत गर्नुभयो । संविधान संशोधनको विषयमा सरकारसँग गम्भीरतापूर्वक कुरा भइरहेको जानकारी दिँदै अध्यक्ष यादवले अब पनि सरकारले संशोधनतर्फ अघि नबढे बाध्य भएर आफूहरु संघर्षको बाटोमा लाग्ने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।